पढ्न अल्छी गर्नेहरुले मात्रै एमसीसीको विरोध गरे : प्रम ओली

 असार ४, २०७७ बिहीबार १६:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नपढेकाहरुले अमेरिकी सहयोग नियोगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोध गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीबारे पढेका मान्छे कम मात्रै देखेको बताउनुभयो । पढ्न अल्छी गर्ने र अनावश्यक हल्ला फैलाउन केही मान्छे सक्रिय भएको ओलीको भनाइ छ ।

खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने अभ्यास गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘लहलहैमा लागेर लौ अमेरिकी सेना आउने भयो भन्छन्, कहाँ के पढ्छन मलाई अचम्म लाग्छ ।’ धेरै जना कागले कान लग्यो भनेर दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले देशको सार्वभौमसत्ता र राष्ट्रियताभन्दा अरु कुनै कुरा ठूलो नभएको बताउनुभयो । देशमा विकास हुन लागेकोमा चिन्ता हुन थालेको हुन सक्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया