जिम्बावेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

 साउन १८, २०७५ शुक्रबार ७:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बावेमा वर्तमान राष्ट्रपति इमर्सन मन्गाग्वा राष्ट्रपतिमा निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा  ५० दशमलव ८ मत ल्याएर मन्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

जिम्बावेको चुनाव आयोगकी प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले १० प्रान्तको परिणाम सार्वजनिक गर्दै मान्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको जानकारी दिएकी छिन् । उनका अनुसार विपक्षी नेता नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत पाएका छन्  ।

मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज एमडीसी गठबन्धनले भने यो परिणाम झूठो भन्दै नमान्ने घोषणा गरेको छ । 

मतदानको दिन शान्तिपूर्ण रहे पनि गएको बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया