पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – भारतको कर्नाटक राज्यका अधिकारीले कोरोना भाइरसकाे सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा कमजोरी भएको भन्दै माफी मागेका छन् ।
पीपीई लगाएका मानिसले कालो झोलामा बोकेको शव खाडलमा फ्याँकिदिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बेल्बारी जिल्लाका अधिकारीहरुले मृतकका परिवारसँग माफी मागेकाे बीबीसीले जनाएको छ ।
वरिष्ठ जिल्ला अधिकारी एसएस नकुलालले विज्ञप्ति निकालेर खाल्डोमा आठ जनाको शव फ्याँकिएको र यसमा आफूहरुबाट कमजोरी भएको भन्दै माफी मागेकाे खबरमा उल्लेख छ । साथै शव फ्याँक्ने काममा खटिएका मानिसहरुलाई जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतमा अन्धविश्वासकाे कारण कोरोना सङ्क्रमण भएका मानिस तथा कोरोनाकाे कारण मृत्यु भएकाहरुलाई अपमानजनक व्यवहार भइरहेको छ ।
यसैबीच भारतमा अहिलेसम्म पाँच लाख ८७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १७ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म तीन लाख ४८ हजारभन्दा धेरै निको भएका छन् ।
विश्वमा एक करोड ६ लाखभन्दा धेरैमा सङ्क्रमण हुँदा पाँच लाख १४ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । ५८ लाख २४ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।