राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले के गर्छ भन्ने जिज्ञासा उब्जिएको छ ।
कांग्रेसले जोशीलाई जसरी पनि प्रधानन्यायाधीशमा स्वीकृत गर्नुपर्छ भन्दै आएको थियो । समितिको बैठक नै बहिष्कार गर्ने कांग्रेसको धम्कीका कारण समितिको बैठक २ पटक सम्म सरेको थियो । अस्वीकृत हुने पक्का भएपछि आजको बैठक पनि बहिष्कार गरेको कांग्रेसको अगाडि दुईतिहाई बहुमत रहेको सत्तारुढ दलको अगाडि जोर चलेन । अन्ततः जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भैछाडे ।
सर्वोच्चका वरिष्ठ न्यायाधीश रहेका जोशीको प्रधानन्यायाधीश बन्ने बाटो अब बन्द भइसकेको छ । यो अवस्थामा अब कांग्रेसले के गर्छ त ?
उज्यालाेसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालका अनुसार कांग्रेसको भोलि बस्ने बैठकले यसबारेमा आवश्यक निर्णय लिने बताउनुभयो ।
‘प्रमुख कुरो संवैधानिक परिषदले सिफारिस गर्ने बेलामै के हेरेर सिफारिस गर्याे भन्ने प्रश्न अहिलेको हो । न्यायाधीशहरुको अभिलेख राख्ने, अध्यावधिक गर्ने सबै काम न्यायपरिषदले गर्छ,’ उहाँले भन्नुभयो, ‘तर अहिले आएर प्रमाणपत्रको कुरो निकालेर जोशीलाई अस्वीकृत गर्नुले हाम्रो न्यायपरिषदको काम कारबाही कति कमजोर रहेछ भन्ने छताछुल्ल पारेको छ ।’
‘सिफारिस गर्दा सामान्य छानविन पनि भएन । यदि सुरुवातमै छानविन गरेको भए यति धेरै विवाद नै निस्कने थिएन’, रिजालले भन्नुभयो ‘तर प्रधानमन्त्री अध्यक्ष रहेको न्यायपरिषदले कुनै पनि खोज र छानविन नै गरेन । यो भनेको लज्जास्पद कुरो हो ।’
प्रधानमन्त्री अध्यक्ष रहने न्यायपरिषदले योग्य÷अयोग्य के छ हेर्दै नहेरी सिफारिस गर्नुले प्रधानमन्त्रीकै नैतिकतामाथि नै प्रश्न उठेको बताउँदै सांसद रिजालले प्रधानमन्त्रीले गरेको सिफारिस संसदीय समितिले अस्वीकृत गरेकाले यसको नैतिक जिम्मेवारी पनि प्रधानमन्त्रीले नै लिनुपर्ने बताउनुभयो ।
‘यो घटनामा फजुल राजनीतिकरण भएको हो । शैक्षिक प्रमाणपत्रलगायतका आरोपका विषयमा न्यायपरिषदमा कुनै छलफल नहुनु तर समितिले त्यसैलाई आधार बनाएर जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्नु भनेको एउटा नाटकबाजी बाहेक अरु केही होइन’, रिजालले भन्नुभयो । नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा शनिबार बैठक बसेर बाहिर ल्याउने पनि रिजालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लोक विनयी
Aug. 4, 2018, 6:22 p.m.मिनेन्द्र जी, यदी न्यायपरिषदको सिफारिस नै मान्य हुनु पर्छ भने संसदीय छानविन समितिको आबस्यकता किन ? के छानविन समिति नौटंकी नाच देखाउन हो ?
लोक विनयी
Aug. 4, 2018, 6:21 p.m.मिनेन्द्र जी, यदी न्यायपरिषदको सिफारिस नै मान्य हुनु पर्छ भने संसदीय छानविन समितिको आबस्यकता किन ? के छानविन समिति नौटंकी नाच देखाउन हो ?
Dwarika N. Dhital
Aug. 4, 2018, 6:07 a.m.सम्वैधानिक परिषदले जेष्ठताका अाधारमा वरिष्ठ न्यायाधिशलाई सिफारिस गर्ने हाे जुन बेला मार्कसिटहरु नक्कली छन/ छैनन,उमेर ढाँटिएकाे छ / छैन हेरिदैन ।
Bibek
Aug. 4, 2018, 5:39 a.m.Nonsense! It was Kangress party government which nominated these incapable n corrupt judges during Narahari Acharya's miistry of law.