एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौ र सुदूरपश्चिमको खेल आज
मंसिर २०, २०८१ बिहिबार
म्याग्दी – म्याग्दीमा पहिरोमा पुरिएका ३४ जनामध्ये १८ जनाको शव भेटिएको छ ।
धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ काे बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । मराङमा १० जना र बिममा आठ जनाको शव भेटिएको हो ।
मराङमा पहिरोमा पुरिएकामध्ये रिखामा बेपत्ता भएकाहरुमध्ये सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी गरी १० जनाको शव भेटिएको हो ।
यस्तै बिमको पहिरोमा पुरिएकामध्ये विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, र उहाँका तीन महिनाकाे छोरा तथा विष्णु नेपाली र सन्दीप नेपाली गरी आठ जनाको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।
अहिले पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।