इलामका सुरक्षाकर्मी र सफाइ कर्मचारीमा कोरोनाकाे सङ्क्रमण

 साउन ६, २०७७ मंगलबार २०:३३:५० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका एक सुरक्षाकर्मी र एक सरसफाइमा कार्यरत कर्मचारीमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे ।

इलाम नगरपालिकाको जिल्ला समन्वय समिति इलामको भवनमा बनाइएको क्वरेण्टीनमा खटिएका दुई कर्मचारीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । 

उनीहरुको गएको साउन २ गते स्वाब सङ्कलन गरिएको थियो । ४० जनाको स्वाब सङ्कलन गरिएकाेमा दुई जनाको रिर्पोट पोजिटिभ आएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना पुष्टि भएका एक व्यक्ति क्वरेण्टीनबाहिर पसलसम्म पुगेको कन्ट्याक्ट ट्रेसिङ भएपछि पसलका चार व्यक्तिलाई समेत क्वरेण्टीनमा राखिएकाे छ । ३३ र ३७ वर्षका सङ्क्रमितलाई उपचारकाे लागि कोरोना अस्पताल मोरङको गोठगाउँ लगिएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । 

सङ्क्रमितमध्ये २२ जना पुरुष र चार जना महिला रहेका छन्, जसमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया