देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
मुस्ताङ – भारी वर्षाका कारण मुस्ताङमा घर भत्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बिहान घर भत्किएर पुरिँदा थासाङ गाउँपालिका ४ न्याउरीबोटमा १७ वर्षीय निशान तुलाचनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै ७० वर्षीय रणबहादुर गौचन भने घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
घाइते गौचनको टाउको, हात र कानमा चोट लागेको छ र उनकाे लेते स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । नाताले तुलाचन र गौचन नाती–बाजे हुन् ।
पुरानो तथा जीर्ण र ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर अत्यधिक वर्षाले गर्दा भत्किएको प्रजिअ अर्यालको भनाइ छ । घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।