कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि बल्झिएको छ । केही दिनअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भए पनि फेरि कुराकानी हुन छाडेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको साउन १३ गतेको स्थायी कमिटी बैठक स्थगित गर्नु भएसँगै दुई अध्यक्षबीच संवाद नै बन्द भएको थियो । त्यसकाे एक हप्तापछि संवादहिनता तोड्दै साक्षी राखेर दुई अध्यक्षबीच छलफल सुरु भएको भनिए पनि अहिले फेरि कुराकानी हुन छाडेको हो ।
यसैबीच नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच घोचपेच र टीकाटिप्पणी पनि बढ्न थालेको छ । शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको छ ।
रिमालले ट्वीटमार्फत नारायणकाजी श्रेष्ठलाई मेन्सन गर्दै प्रवक्ता पदको लाज जोगाउन र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन भन्नुभएको छ । उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै देश संवेदनशील मोडमा रहेकोले त्यो महसुस गर्न पनि आग्रह गर्नुभएको छ ।
— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
यस्तै नेकपाका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा विभाजन र समाप्त पार्ने खेल भइरहेको बताउनुभएको छ । उहाँले १० वर्षअघिकाे धाेबीघाट गठबन्धन जस्तै गरेर अहिले खुमलटार गठबन्धन भइरहेकाे बताउनुभएकाे हाे ।
१० वर्षअघि तत्कालीन माओवादी विघटन गराउन धोबीघाट गठबन्धन बनाएजस्तै नेकपा विघटन गराउन अहिले खुमलटार गठबन्धन बनाइएको उहाँले आरोप लगाउनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।