आशिका तामाङ स्वयम्भूबाट पक्राउ
माघ २, २०८१ बुधबार
रसुवा – रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुलेको छ । गएको साउन १९ गतेदेखि अवरुद्ध सडक आज बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।
भार्खु डाँडामा कटान गरेको सडकमा नयाँ ट्र्याक खोलिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।
पहिरोले झण्डै ५० मिटर सडक कटान गरेर एक मिटरमात्र बाँकी थियो । सडक डिभिजन कार्यालय नुवाकोटले एक हप्तापछि सडक सञ्चालनमा ल्याएको हो ।
यस क्षेत्रमा टेवा पर्खाल निर्माण गरी दुईतर्फी सडक सञ्चालनमा ल्याउने भनिए पनि नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक भने वर्षाभरि सञ्चालनमा नआउने भएको छ ।
रसुवाका अन्य क्षेत्रमा पहिरोले बन्द भएका सडक भने सञ्चालनमा आइसकेकाे डीएसपी सुवेदीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।