कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय विदेश मन्त्री एस जयशङ्करले बुद्धलाई 'महान् भारतीय' भनेपछि परराष्ट्र मन्त्रालयले आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
सञ्चारमाध्यमले भारतीय विदेश मन्त्रीले बुद्ध भारतको भन्दै गरेको टिप्पणीप्रति परराष्ट्र मन्त्रालयको धारणा के छ भनेर प्रश्न गरेपछि त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे ऐतिहासिक र पुरातात्विक रुपमा स्थापित र निर्विवाद तथ्यहरुलाई नकार्न सकिँदैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको उद्गमस्थल, युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो ।’
‘सन् २०१४ मा नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिक संसद्लाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्ति प्रेषित गर्ने बुद्ध जन्मिएको देश भएको बताएका थिए’, विज्ञप्तिमा भनिएको छ, 'बौद्ध धर्म नेपालबाट अरु देशमा फैलिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो कुरा शङ्का र विवादबाहिर छ, यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे सचेत छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।