नेप्से परिसूचक झण्डै ३८ अङ्कले बढ्यो

 साउन २६, २०७७ सोमबार १७:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको छ । सोमबार​ परिसूचक ३७ दशमलव ७४ अङ्कले बढेर १४ सय ३० दशमलव ४१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आइतबार पनि नेप्से परिसूचक ११ अङ्कले बढेको थियो । यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७ दशमलव ६३ अङ्कले बढेको छ । सोमबार​ म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको २८३ र जीवन बीमा समूहको २२३ दशमलव १५ अङ्कले परिसूचक बढेका छन् ।

सोमबार दिनभर ८६ करोड ९२ लाख रुपैयाँ बराबरका २६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबारकाे कारोबार रकम भने आइतबारकाे भन्दा थोरै हो । आइतबार ९७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै ६ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया