एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार १ दशमलव ५१ अङ्कले सुधार भएर १४ सय २५ दशमलव ३२ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बुधबार बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक, जीवन बीमा र म्युचल फन्डकाे उपसूचक बढेका छन् । व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक भने घटेका छन् । बुधबार ९५ करोड १९ लाख ६० हजार रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर किनबेच भएका छन् ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार सबैभन्दा धेरै ६ करोड २० लाख रुपैयाँ बराबरका शेयर काराेबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
बुधबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाउँदा युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ अङ्क गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।