हवाई कम्पनी बन्द हुने अवस्थामा, उडान नखुलाए आन्दोलनमा जाने सञ्चालकको चेतावनी

 साउन २८, २०७७ बुधबार १८:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टलाई पत्र पठाएर वायु सेवा सञ्चालक सङ्घ नेपाल (आओन) ले भदौ १६ गतेदेखि उडान नखोले आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।

अहिलेसम्म सरकारका हरेक आदेशको पालना गर्दै जाँदा वायु सेवा कम्पनीले अरबाैँ रुपैयाँ घाटा व्यहाेरेकाे भन्दै आओनले सरकारले जारी गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गर्ने भएकाले भदौ १६ गतेदेखि उडान गर्न पाउनुपर्ने मागसमेत गरेको छ । लामो समय उडान नहुँदा वायु सेवा व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सञ्चालकहरुको गुनासो छ ।

आन्तरिक वायुसेवा सञ्चालन गर्दैमा कोरोना सङ्क्रमण नफैलने र सरकारले परीक्षण गर्न चाहेमा एकै ठाउँमा सम्भव हुने आओनको भनाइ छ । टिकेटिङ सिस्टमबाट क्षण भरमै यात्रुको कन्ट्याक ट्रेसिङ गराउन मिल्ने भएकाले पनि वायु सेवा सञ्चालन गर्दा खतरा नभएको सञ्चालक सङ्घले जनाएको छ । 

सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया