खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - रुसले कोरोना भाइरसविरुद्ध आफूले बनाएको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको दाबी गरेको छ ।
रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पहिलो चरणमा अबको दुई हप्तामा नै डाक्टरलाई खोप दिने जानकारी दिँदै परीक्षण बिना नै प्रयोगमा ल्याउन लागेको भन्ने अन्तर्राष्ट्रिय चिन्ता निराधार भएको बताउनुभएको हो ।
उहाँले अक्टोबर महिनाबाट ठूलो संख्यालाई खोप दिन थाल्ने योजना रहेको पनि बताउनुभयो । कोरोनाविरुद्ध खोप तयार पारेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरे पनि विश्व स्वास्थ्य संगठनले भने प्रश्न उठाएको छ ।
संगठनले विश्वभर ६ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको तर रुसले दाबी गरेको खोप त्यसभित्र नपरेको भन्दै प्रश्न उठाएको हो । रुसको खोपमा विशेषगरी अमेरिका र यूरोपमा प्रश्न उठेका बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप आफ्नो छोरीलाई पनि दिइएको जानकारी दिँदै सबै परीक्षण सकिएको बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।