ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – तीन महिनासम्म कोरोना भाइरसमुक्त भएको न्युजिल्याण्डमा पछिल्लो दुई दिनमा १८ जना सङ्क्रमित थपिएका छन् ।
न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा लकडाउन गरिएको दोस्रो दिन बुधबार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्युजिल्यान्ड संक्रमुणमुक्त भए पनि केही दिनअघि एउटा परिवारमा फेरि सङ्क्रमण देखिएको थियो ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले परिस्थितिको गम्भीरता बुझेको र संयमित रुपमा यसको सामना गर्ने बताएको बीबीसीले जनाएको छ । उहाँले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वरेण्टीनमा राखिने बताउनुभएको छ । न्युजिल्याण्डमा कोरोना भाइरसको सङ्क्रमिण फेसर कसरी फैलियो भन्ने बारेमा स्वास्थ्यकर्मीले गम्भीर अध्ययन थालेको पनि उहाँले बताउनुभयो ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि न्युजिल्याण्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ ।
जुन समय ल्याटिन अमेरिकी देशमा काेराेना सङ्क्रमणकाे प्रकाेप सुरु भएाे थियाे, त्याे बेला न्युजिल्याण्डले आफूलाई काेभिड–१९ मुक्त घाेषित गरेकाे थियाे ।
न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय ८९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा २२ जनाकाे मृत्यु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।