१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना व्यक्त गर्नुभएको हो । ओली र मोदीबीचको टेलिफोन वार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा बधाई एवं शुभकामना दिनुभएको थियो ।
उहाँले भारतका नागरिकको थप प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ । भारत सन् १९४७ को अगष्ट १५ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको थियो ।
भारतमा शासन गरिरहेको बेलायती सरकारले सन् १९४७ मा भारत छाडेर गएपछि भारत ब्रिटिस साम्राज्यबाट मुक्त भएको हो । त्यसै दिनको सम्झनामा भारतले हरेक अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।