कोरोना विरुद्ध मिलेर लड्ने ओली र मोदीबीच समझदारी

 साउन ३१, २०७७ शनिबार १७:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।

आज भएको टेलिफोन वार्तामा उहाँहरुबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराउनुभएको थियो । यस्तै उहाँहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिनुभएको छ । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत उहाँले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया