सिन्धुपाल्चोक : पहिरो प्रभावित क्षेत्रमा थप टोली जाँदै, जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिने

 साउन ३२, २०७७ आइतबार ७:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा राहत, उद्धार तथा विस्थापितको व्यवस्थापनका लागि थप टोली जाने भएको छ । 

आज गाउँपालिकाका जनप्रतिनिधिसहित थप स्वास्थ्य टोली र स्काभेटर पनि लैजाने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । लिदीमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । अस्ति शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २१ जना हराइरहेका छन् ।

पहिरोमा हराइरहेकाहरुको आज पनि बिहानदेखि खोजी सुरु भएको गाउँपालिकाकाको योजना सल्लाहकार रामबाबु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि स्काभेटर प्रयोग गरी हराइरहेकाहरुको खोजी थालिने छ।पहिरोमा परि घाइते भएकाहरुको चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ । पहिरोबाट प्रभावित लिदीका १ सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सारिने भएको छ । 

क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क संकलनको काम भैरहेको पनि नेपालले बताउनुभयो । लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित ठाउँमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभएको छ ।


 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया