काेराेना सङ्क्रमण बढ्न थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सर्‍याे

 भदौ १, २०७७ सोमबार ९:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमित फेरि देखिन थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सारिएको छ ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका सङ्क्रमितहरु फेरि देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गर्नुभएको हो । 

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने पनि बताउनुभएको छ । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ ।

न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना भाइरसका कारण २२ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया