सिन्धुपाल्चोक लिदी पहिरो : थप तीन जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

 भदौ १, २०७७ सोमबार १३:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेक जुगल गाउँपालिका २ काे लिदीमा गएकाे पहिरोमा पुरिएका थप तीन जनाको शव भेटिएको छ ।

साेमबार बिहान २२ वर्षीय छविलाल दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म २२ जनाको शव भेटिएको छ । पहिरोमा अझै १७ जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

गएको शुक्रबार बिहान खसेकाे पहिरोले लिदीको ३७ वटा घरमा क्षति पुर्‍याएकाे छ भने १३ वटा घर पूरै भत्किएका छन् । यस्तै पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिइएको छ ।

पहिरोबाट प्रभावितहरु अहिले नजिकैको कोदोबारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा कसरी सार्ने भन्नेबारे समिति बनाएर छलफल गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया