च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा उहाँसँग भेट गर्नु भएको छ ।
छलफलमा कतिपय संवैधानिक नियुक्तिबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गर्नु भएको थियो । भेटमा सभापति देउवाले जरुरी महत्त्वका तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
सभापति देउवाले बाढी पहिराे काेराेना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएकाे विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीकाे ध्यानाकर्षण गराउनुभएकाे हाे ।
यस्ताे छ सभापति देउवाकाे ध्यानाकर्षण–
१. सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौँ बेपत्ता छन् । गाउँवासीले दश दिनअघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?
देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्दछु ।
२. कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघेको छ, सङ्क्रमण तीव्र गतिमा विस्तार भएको छ । बढ्दो चुनौती सामना गर्न सक्ने ढङ्गले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेशन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?
३. त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसङ्गतिमाथि कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सभापतिलगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनसनमा बसेका नेविसङ्घका विद्यार्थीहरुसँग संवादसमेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न र ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।
सभापति देउवाले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गर्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटमा सभापतिका साथमा केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।