अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपालको झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् ।
विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने/गाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विक्रम तिवारी
Aug. 20, 2020, 10:48 p.m.यस्तालाई पक्रेर सरकारी दालभात खुवाउनु भन्दा इन्काउन्टर गरिदिए अलि सस्तो पर्थ्यो कि??
धरणी घिमिरे
Aug. 20, 2020, 6:30 a.m.राष्ट्रदाेहकाे लागि कडा कारवाही हाेस । नेपालमा पछिल्लाे समय कानुन मान्ने भन्दा कानुनकाे खिलाफ गर्ने बढ्दै गएका छन् याे दण्डहीनता काे परिणाम हाे