च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
करण जोहरले आफ्नो पछिल्लो फिल्म ‘ए दिल हे मुश्किल’ पश्चात कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।
उनी फिल्म निर्देशन गर्दा फिल्मको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । त्यसको पछिल्लो उदाहरण ‘ए दिल हे मुश्किल’ पनि हो ।
यीनै सुपरहिट निर्देशक करन अहिले आफ्नो नयाँ फिल्मको निर्देशनको तयारीमा जुटेका छन् । जसमा मुख्य भूमिकामा रणवीर सिंह हुनेछन् भने उनलाई फिल्ममा आलिया भट्ट र करिना कपूरले साथ दिनेछन् ।
दुई दाजुभाइ र दिदीबहिनीको कथामा आधारित यस फिल्ममा रणवीर सिंहको सानो भाइ नकारात्मक भूमिकामा हुनेछ । करन जोहरले पहिले रणवीर कपूरलाई भाइको रोलमा कास्ट गर्ने कुरो पक्का भइसकेको थियो तर पछि रणवीर कपूरले फिल्ममा खासै चासो नदेखाएपछि हाल करन फिल्मको अर्को लिड क्यारेक्टरको खोजीमा रहेका छन, जो फिल्ममा रणवीर सिंह को भाइको भूमिकामा रहने छन् । फिल्ममा आलिया भट्ट र करिना कपूर दिदीबहिनीको भूमिकामा रहने छन् ।
यसअघि रणवीर कपूरले फिल्मका लागि हुन्छ भने पनि पछि फिल्म नगर्ने निर्णयलाई लिएर अहिले विभिन्न खाले खबरहरु आइरहेका छन् । एकातिर फिल्ममा रणवीर कपूरको नकारात्मक भूमिका भएका कारण फिल्म नगर्ने निर्णय लिएको भन्ने खबर छ भने अर्का तर्फ उनी दुई हिरो भएको फिल्ममा काम गर्ने नचाहेको भन्ने पनि छ ।
रणवीर कपूरले फिल्म गर्न नमानेपछि अहिले करण जोहर अर्का अभिनेता वरुण धवनलाई यस फिल्ममा लिन चाहन्छन् तर वरुण धवनले यस फिल्ममा काम गर्ने नगर्ने भन्ने कुराको कुनै टुंगो लागेको छैन । यो फिल्म २०१९ को अप्रिलदेखि छायाँकंन सुरु गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।