साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै – गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएकाे हाे ।
११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् ।
गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ । पर्सामा तीन जना, काठमाण्डाै, मकवानपुर र सप्तरीमा एक/एक जना गरी ६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काेराेना सङ्क्रमणकाे उपचार गराइरहेका मध्ये एक सय २९ जना आईसीयूमा र सात जना भेन्टिलेटरमा रहेका पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
यस्तै ६ जिल्लामा कोरोनाका पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पर्सा, महोत्तरी, मोरङ, रौतहट, काठमाण्डाै, सर्लाही जिल्ला पाँच सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका जिल्लाको सूचीमा छ ।
यस्तै भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा भने कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।