'आइसाेलेशनमा आफूले खाेजे जस्ताे खाना पाइँदैन, जे पाइन्छ सकारात्मक तरिकाले उपभाेग गराैँ'

 भदौ ४, २०७७ बिहीबार १७:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आइसोलेशन र क्वरेण्टीनमा बस्दा स्वास्थ्य मापदण्डको अनुशासन पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो स्वास्थ्यका लागि भए पनि नियमको पालना गर्न आग्रह गर्दै जे–जस्तो सेवा सुविधा पाइन्छ त्यसमा चित्त बुझाउन भनेको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइसोलेशन र क्वरेण्टीनमा रहेकाहरुलाई सहयोगका लागि अपिल गरे पनि उच्च वर्गले नै हिचकिचाहट गरेका बताउनुभयो । यस्तो अवस्थामा सरकारसँग उपलब्ध स्रोत र साधनको प्रयोग गरी सेवा दिइरहेकाले सबै जना अनुशासित हुन उहाँको आग्रह छ । 

उहाँले भन्नुभयो, ‘आइसोलेशनमा आफूले खोजे/रोजे जस्तो खाना पाइँदैन । जे–जस्तो पाइन्छ सकारात्मक तरिकाले उपभोग गरौँ ।’ 

यस्तै उहाँले स्वस्थ र सफा खाना दिउँ भन्ने चाहना भएकाले त्यसतर्फ चाहिँ प्रयासरत रहेको बताउनुभयो ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले सङ्कटको यस्तो बेला सम्पन्न व्यक्तिबाट पनि सहयोग नआएको भन्दै यस्तो बेला सहयोग नगरे कस्तो बेला सहयोग गर्ने भनेर प्रश्नसमेत गर्नुभयो । 

पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यका दुई सयसहित देशैभर सात सय सात जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया