'काठमाण्डाैबाट बाहिर नजानुस्, काठमाण्डाै पनि नआउनुस्'

 भदौ ४, २०७७ बिहीबार १९:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गर्नुभएको छ । 

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपिल गर्नुभएको हो । उहाँले अत्यावश्यक कामका लागि घरबाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कनसमेत आग्रह गर्नुभयो । 

त्यस्तै कोभिड–१९ को सङ्क्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाण्डौबाट बाहिर नगइदिन र कोही पनि व्यक्ति काठमाण्डौ नआइदिनसमेत अनुरोध गर्नुभएको छ । यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिनसमेत अनुरोध गर्नुभयो । 

साथै आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाण्डौ बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिनसमेत मेयर शाक्यले अपिल गर्नुभएको छ । यस्तै कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत अनुरोध गर्नुभएको छ । 

स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अथवा काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पतालसम्म जान सक्ने उहाँले बताउनुभयो । 

पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेपछि पनि बजारमा घुम्ने प्रवृत्ति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उहाँले बताउनुभयो । कोही पनि व्यक्ति कोरोनाको कारणले मर्दैन र मर्ने स्थिति सरकारले नबनाउने प्रतिबद्धतासमेत मेयर शाक्यले व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया