आशिका तामाङ स्वयम्भूबाट पक्राउ
माघ २, २०८१ बुधबार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीमा पहिरोमा पुरिएका थप ५ जनाको शव आज भेटिएको छ । आज ५ वर्षका बालकसहित तीन पुरुष र दुई महिलाको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । पहिरोमा अझै ९ जना हराइरहेका छन् । पहिरोमा पुरिएकाहरुको खोजी गर्न स्काभेटर लैजाने भनिए पनि बाटो अवरुद्ध भएपछि लैजान नसकिएको उहाँको भनाइ छ ।
हराएकाहरुकाे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन् । लिदीमा शुक्रबार गएको पहिरोले ३७ वटा घरमा क्षति गरेको र १३ वटा घर पूरै भत्काएको थियो । पहिरोबाट विस्थापित भएकाहरुलाई टेन्ट र त्रिपालमा राखिएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार स्थानीयकै बारीमा ४० वटा टेन्ट हालिएको छ । यस्तै विस्थापित भएकाहरुलाई सुरक्षित ठाउँमा टहरो बनाएर राख्ने योजना गाउँपालिकाको रहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।