उद्धार उडान पुन: सञ्चालन हुने, होटल क्वरेण्टीनको सूची सार्वजनिक

 भदौ ५, २०७७ शुक्रबार ६:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् ।

बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डाै उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ । पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।

होटल क्वरेण्टीनको सूची र मूल्य विवरण यस्तो छ :​

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Gokulbhadndari

    Aug. 21, 2020, 8:41 a.m.

    2 वर्षको बच्चाको कति लाग्छ होला ??

  •  0 Reply
  • डम्बर गुरुङ हल मलेशिया

    Aug. 21, 2020, 7:40 a.m.

    यो चिता न बुझ्दो कुरा हो ।हुने खाने पैसा धेरै भएको हरु त होटेल मा ७ दिन होईन १महिना पनि बस्ला।।हामी जस्तो बल्ल बल्ल नेपाल जाना को लागि टिकट किन्ने पैसा जम्मा गर्ने हरु ले होटेल मा कसरी ७ दिन बसेको पैसा तिर्ना सक्छौ।७ दिन बरु रोड मा पानी मात्र पिएर सुतिन्छ होटेल मा ७ दिन त मोरे नि बसिन्ना।।हेरु त के गर्दो रहेछ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया