देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
म्याग्दी – म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गी र स्क्रब टाइफसको जोखिम पनि बढ्न थालेको छ । पछिल्लो दुई दिनमा मात्रै डेङ्गी र स्क्रबटाइफसका पाँच जना नयाँ सङ्क्रमितहरु भेटिएका हुन् ।
सोमबार तीन जनामा डेङ्गी र स्क्रब टाइफस तथा एक जनामा डेङ्गी देखिएकोमा मङ्गलबार थप एक जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालमा परीक्षण गर्ने क्रममा बेनी नगरपालिका–४, सिङ्गाकी ३२ वर्षीया महिलामा डेङ्गी र स्क्रब टाइफस भेटिएको छ ।
यसैगरी बेनपा ५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका४ नारच्याङका ३३ वर्षीय पुरुषमा डेङ्गी र स्क्रब टाइफस तथा अन्नपूर्ण ६ घारकी ३३ वर्षीया महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो ।
त्यस्तै मङ्गलबार मालिका ६ दरबाङका १४ वर्षीय बालकमा पनि स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
बेनी अस्पतालको प्रयोगशाला विभागमा परीक्षण गर्दा उनीहरुमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएपछि अहिले सबै जनाको बेनी अस्पतालमा उपचार भइरहेकाे छ ।
याे आर्थिक वर्षमा अहिलेसम्म म्याग्दीमा डेङ्गी रोगका सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ भने १३ जनामा स्क्रब टाइफसको समेत सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये डेङ्गीका २२ जना महिला र १५ जना पुरुष सङ्क्रमित रहेका छन् भने स्क्रब टाइफसको सङ्क्रमण आठ महिला र पाँच पुरुषमा देखिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।