परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
पाँचथर– पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैंचीको नयाँ उत्पादन सुरु भएसँगै बजार भाउमा गिरावट आउँदा किसान चिन्तित बनेका छन् ।
उत्पादन बजारमा जान सुरु भएकै बेला नयाँ अलैँचीको भाउ अपेक्षा गरेजस्तो नआएपछि किसानमा निराशा छाएको हो ।
अलैँचीको नयाँ उत्पादन भदौ महिनादेखि सुरु हुन्छ । विगत १० वर्षदेखि लागनी र श्रमअनुसारको भाउ नपाउँदा किसान अलैँची व्यवसायबाट नै पलायन हुने स्थितिमा पुगेका उत्पादक किसान बताउँछन् ।
१० वर्षअघि प्रतिमन (४० केजीको) १ लाख २० हजार सम्म अलैंची विक्री गरेका किसान अहिले आएर २२ हजारमा विक्री गर्न बाध्न छन् । अहिले पाँचथरमा प्रतिमन २२ हजार रुपैयाँ रहेको छ । गएको वर्ष यही समयमा अलैँचीको भाउ प्रतिमन २६ हजार रुपैयाँ थियो ।
राम्रो भाउ पाइन थालेपछि धान, मकै लगायत खाद्यान्न बाली हुने जमिन मासेर अलैँची खेती गर्न थालेका किसान अहिले आएर बर्सेनि भाउ ओरालो लाग्दा वैकल्पिक खेतीबारे सोच्न थालेका छन् । अनुकूल मौसमले गर्दा यस वर्ष अलैँची उत्पादन बढ्ने दखिए पनि सुरुवातमै यसको भाउ घट्दा किसानहरुलाई घाटा हुने जिल्लाको फालेलुङ गाउँपालिकाका किसान याम लिम्बूले बताउनुभयो ।
पहिले अलैंचीमा लाग्ने विभिन्न रोगले दुःख पाइरहेका किसानले यो वर्ष भाउ घट्दा दुःख पाउने देखिएको अर्का किसान जसराज लिम्बूको भनाइ छ । अलैँचीको भाउ तलमाथि भइरहँदा व्यवसायीहरु अन्यौलमा परेका छन् । राम्रो भाउको पर्खाइमा बस्दा गएका वर्ष खरिद गरेको अलैँची गोदाममै थन्किएको अलैंची व्यवसायी दीपक नेपालले बताउनुभयो ।
अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी यस वर्ष कोरोनाका कारण किसान र व्यावसायीले थप मार खेप्नुपर्ने अवस्थाका आएको बताउनुहुन्छ ।
अलैंची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चार हजार एक सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा एक हजार सात सय ३७ र इलाममा एक हजार दुई सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । नेपालको अलैँची भारत हुँदै तेस्रो देशसम्म निर्यात हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।