अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
माेरङ – व्यवसायीलाई धम्क्याउँदै रकम असुल गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सङ्गठित रुपमा अपराधिक समूह बनाएर व्यापारीहरुलाई हतियार देखाइ पैसा माग्ने, पैसा नदिए ज्यानै लिने धम्की दिइ रकम असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगरलाई आपराधिक थलो बनाइ चोरी र लुटपाट गर्ने समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा कटहरी गाउँपालिका २ आदर्श टोलका एलेक्स भनिने रविन शर्माको घरबाट पेस्तोल र तीन थान गोलीसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारतको बिहार सीतामणि घर भइ विराटनगरमा चाइना बजारमा (कपडा बेच्ने कामदार) राजु साह, कटहरी गाउँपालिका २ आदर्शनगरका किसन साह, रविन शर्मा, अभिषेक राय तथा सप्तरी बोदेबरसाईन नगरपालिका ८ काचनका नन्दु भन्ने नन्दकिशोर साह छन् । उनीहरुलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ९७ हजार एक सय २० रुपैयाँ, अटोमेटिक पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरिएको एसपी खड्काले बताउनुभयो । त्यस्तै विभिन्न कम्पनीको मोबाइल १६ थान, कोटक महेन्द्र नामको भारतीय बैंककाे चेक २ थान तथा तीन वटा मोटरसाइकल र चक्कु बरामद भएकाे छ ।
यसरी पक्राउ परे
गएकाे असार २५ गते राति ९८४०४१८२३० नम्बरबाट त्याे समूहले विराटनगरका एक व्यापारीको मोबाइलमा म्यासेज गरी १० लाख रुपैयाँको माग गरे । पटक–पटक धम्की दिएपछि उनीहरुले ती व्यापारीबाट असार २६ गते पाँच लाख रुपैयाँ लगेका थिए । साउन १३ गते त्यही नम्बरबाट फोन गरेर अर्का व्यापारीलाई फेरि धम्की दिएर दश लाख रुपैयाँ मागेकाे खुल्न आएकाे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार यी समूहले नै भदौ १५ गते चाइना बजारका सञ्चालक राम नरेश साहको घर फोडेर ११ लाख रुपैयाँ चोरी गरेका थिए । उनीहरुले विभिन्न समयमा व्यापारीलाई धम्की दिएर रकम असुल्ने अनि चोरीमा संलग्नहरु एउटै समूहको भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
पक्राउ परेका उनीहरुलाई हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।