बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
ताप्लेजुङ – भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको ट्र्याक खोल्न अब पाँच किलोमिटर मात्र बाँकी छ ।
पूर्वको समृृद्धिको ढोका मानिएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको काम धमाधम भइरहेको छ । कोभिड–१९ को प्रकोप विश्वभरि परिरहँदा पनि अहिले फक्ताङलुङ गाउँपालिका ६ लेलेपको फेदीखोलाको खोचमा सडकको ट्र्याक खोल्ने काम भइरहेको उत्तर–दक्षिण ओलाङचुङगोला कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर संजीवकुमार गुप्ताले बताउनुभयो । ठूल्ठूला चट्टानका कारण बाँकी रहेको पाँच किलोमिटर ट्र्याक खोल्न भने ढिला हुने उहाँले बताउनुभयो । इन्जिनियर गुप्ताले ब्लास्टिङ गर्न निवेदन दिएको र नेपाली सेनाले त्यो काम गर्नुपर्ने भएका कारण समस्या भएको बताउनुभयो ।
बाँकी रहेको पाँच किलोमिटरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको वन क्षेत्र परेको र ६ सय ३८ वटा रुख कटान गर्नुपर्ने भएकाले सिफारिस गरिसके पनि मन्त्रिपरिषद्बाट कटान आदेश पारित भएर आउन ढिला भएको गुप्ताले बताउनुभयो ।
चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङबाट आलाङचुङगोलासम्म २३ किलोमिटर सडक तीन वर्ष अगाडि नै स्थानीयको पहलमा खनिसकिएको छ । चीनलाई जिम्मा दिइएको आलाङचुङगोलादेखि सदरमुकाम आउने सडक १० किलोमिटर खनिसकिएको छ ।
यो सडक चालु आर्थिक वर्ष २०७७\०७८ मा खुल्ने बताइएको छ । लोकमार्ग खुलेपछि ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायत पूर्वको समृद्धिका लागि महत्त्वपूर्ण काम गर्ने छ । उत्तर–दक्षिण ओलाङचुङगोलामा पर्ने तमोर करिडोरका लागि चालु आर्थिक वर्षमा एक अर्ब १० करोड रुपैयाँ विनियोजन भएको भए पनि मध्य पहाडी लोकमार्गमा ९० करोड रुपैयाँ गएको छ । त्यो ९० करोड रुपैयाँ उत्तर–दक्षिण ओलाङचुङगोला सडकमा खर्च गरिनु पर्ने माग गर्दै प्रमुख रामबहादुर गुरुङ विभाग जानुभएको छ ।
भारतको रानी भन्सारबाट ताप्लेजुङको टिप्ताला भञ्ज्याङ तीन सय चार किलोमिटर दुरीमा रहेको उत्तर–दक्षिण ओलाङचुङगोला सडक कार्यालयका सूचना अधिकारी संजीवकुमार गुप्ताले बताउनुभयो ।
उता कोशी राजमार्ग अर्थात् भारतको रानीभन्सारदेखि किमाथाङ्कासम्म पुग्न तीन सय १४ किलोमिटरको दुरी छ । किमाथाङ्कादेखि चीनको बजार रिउ पुग्न ६० किलोमिटर र ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट रिउ पुग्न २८ किलोमिटर रहेको फक्ताङलुुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।