काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुङ्गा - सय पर्यटकीय गन्तव्यकाे सूचीमा परेको ओखलढुङ्गाको प्रमुख पर्यटकीय गन्तव्य थोलेदेम्बा पदमार्गले जोडिएको छ ।
केन्द्र सरकारको अनुदानमा खिजीदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेपछि पर्यटकलाई सहज हुने भएको छ । थोलेदेम्बा ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल हो ।
समुद्र सतहबाट ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडाबाट नेपालका धेरैजसो हिमालहरु देख्न सकिन्छ भने मौसम खुलेको समयमा पूर्वमा धरान र काठमाण्डौ उपत्यकामा धरहरामा बालेको बत्ति देखिन्छ।
भूकम्पले भत्काएको धरहरा निर्माणाधीन छ । गएकाे वर्ष सरकारले घोषणा गरेका १ सय गन्तव्यमा ओखलढुंगाका थालेदेम्बा र पोकली झरना पनि परेका थिए । थोलेदेम्बा पिके हुँदै सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्छ ।
अहिले खिजीदेम्बा गाउँपालिकाको केन्द्र खिजीफलाटे नजिकैको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७ सय २३ मिटर पदमार्ग निर्माण गरिएको हो । बाटोमा ढुंगा बिच्छ्याइएको छ । बाटोमा आरामका लागि २ वटा प्रतीक्षालय पनि निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो ।
गाउँपालिकाले केन्द्र सरकारबाट पाएको ५० लाख बजेटमध्ये पहिलो किस्ता बापतको २५ लाख लागतमा पदमार्ग बनाएको हो । थोलेदेम्बा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य भएको पर्यटन व्यवसायी पेम्बा शेर्पा बताउनुहुन्छ ।
शेर्पाका अनुसार यो पदमार्ग रामेछापको शिरीषे हुँदै पोकली झरना, त्यहाँबाट खिजीफलाटे हुँदै थोलेदेम्बा ल्याउन सके पर्यटकलाई आकर्षण बन्नेछ । थोलेदेम्बाबाट पिके नजिकै पर्छ ।
हिमाल आरोहण गर्न नसक्ने विदेशी पर्यटकहरु पिके चढेर फर्कने गरेकाले देम्बा पिके पदमार्ग महत्वपूर्ण रहेकाले पिके जोड्न देम्बामा पर्यटकीय पूर्वाधार तयार गर्न पहल भइरहेको सांसद यज्ञराज सुनुवार बताउनुहुन्छ ।
सुनुवारकै पहलमा २०७४ सालमा थोलेदेम्बा प्रथम महोत्सव आयोजना भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गर्नुभएको थियो । देम्बामा विभिन्न प्रजातिका लाली गुराँस र चिमालको जंगल छ ।
जसले फागुनदेखि चैतसम्म फूलबारी जस्तो देखिने पर्यटन व्यवसायी आङ्दावा शेर्पा बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।