रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन

 मंसिर ७, २०८१ शुक्रबार ९:३६:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रूसी सांसदहरूले रक्षा खर्चमा झण्डै ३० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका छन् । यसले युक्रेनविरुद्धको सैन्य आक्रमणका लागि अर्को वर्ष थप ठूलो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

राजधानी मस्कोले आफ्ना लाखौँ अग्रपङ्क्तिका सैनिकलाई आकर्षक तलब दिएर सोभियत कालदेखि अहिलेसम्म नदेखेको स्तरमा सैन्य खर्च बढाएको समाचार संस्था एपीएफले जनाएको छ । तल्लो सदन स्टेट डुमाका सांसदहरूले हिजो बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन् ।

यो बजेटलाई संसदको माथिल्लो सदनले पारित गर्नुपर्छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयनमा जाने खबरमा उल्लेख छ । यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको शुरूमा मस्कोले आफ्नो अर्थतन्त्रको नौ प्रतिशत रक्षा र सुरक्षामा खर्च गरिरहेको बताउनुभएको थियो । 
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया