ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
रुपन्देही – प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किनुभएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।
ढुङ्गा लागेर मुख्यमन्त्रीको गाडीको सिसा फुटेको छ । प्रहरीले ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने निर्णयको विरोध गर्दै आइतबार नेपाली कांग्रेसले बुटवलमा बन्दको घोषणा गरेको थियो । बुटवलबाट प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि नेपाली कांग्रेससहित स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको रुपन्देही जिल्ला कमिटीले पनि प्रदेश ५ को राजधानी दाङ सार्ने पार्टीको निर्णय संविधान विपरीत भएको भन्दै निर्णय कार्यान्वयनमा नलैजान भनेको छ । नेकपाको जिल्ला कमिटीले प्रदेश सार्ने कुराको विरोध गरेपछि नेकपाका नेता कार्यकर्ता पनि विरोधमा निस्किएका छन् । प्रदेश राजधानी तथा नामको प्रस्ताव पारित गर्ने प्रक्रियाका लागि साेमबार प्रदेश सभा बैठक बस्दैछ ।
विरोध गरिरहेका राजनीतिक दल, नागरिक अगुवालगायतले साेमबार प्रदेश सभा सदस्यलाई प्रदेश सभामा प्रवेश गर्नबाट रोक्ने कार्यक्रम घोषणा गरेकोले स्थानीय प्रशासनले बुटवलमा साेमबार निषेधाज्ञा जारी गरेको छ । सत्तारुढ दलसमेत निर्णयको विरुद्धमा उभिएपछि बुटवलको अवस्था थप तनावग्रस्त भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।