१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ काे प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताउनुभएको छ ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 5, 2020
ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताउनुभएको छ । उहाँले राेस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिस्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता नरहेको पनि बताउनुभएको छ ।
उहाँले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 5, 2020
साेमबार प्रदेश नम्बर ५ काे प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल ताेडफाेड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए । उनीहरुले प्रदेश पाँचकाे प्रस्तावित राजधानी दाङकाे भालुवाङ फेर्नुपर्ने बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।