विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ – प्रदेश नम्बर ५ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै दाङलगायतका जिल्लामा खुसीयाली मनाउन थालिएको छ । दाङको भालुवाङ क्षेत्र राजधानी घोषणा भएपछि विशेषगरी भालुवाङसहित जिल्लाका सबै ठाउँमा खुसीयाली मनाइएको हो ।
प्रदेश सभामुखले दाङको भालुवाङ क्षेत्र राजधानीको प्रस्ताव पारित भएको घोषणा गरेसँगै घोराहीमा दाङ राजधानी सरोकार समितिले बाजा गाजासहित दीपावली गरेको छ । तत्कालीन माओवादी र सरकारबीच वार्ता भएको पश्चिम दाङको हापुरे, तुलसीपुर, घोराही, लमही, भालुवाङलगायतका ठाउँमा दीपावली गरिएको छ । राजनीतिक दलहरुले पनि आ–आफ्नै तरिकाले दीपावली गरेका छन् । अहिलेको राजधानीले सबैको भावनाको प्रतिनिधित्व गरेको दाङका स्थानीयहरुले बताएका छन् ।
।
प्रादेशिक राजधानी सरोकार समितिद्वारा दीप प्रज्वलन
प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएको खुसीयालीमा विभिन्न सङ्घ संस्थाले मङ्गलबार बेलुकी जिल्लाका विभिन्न ठाउँमा बाजा गाजासहित दीप प्रज्वलन गरेकाे छ ।
घोराहीको शहीद गेट, तुलसीपुरको वीरेन्द्र चोक, लमहीको ठूलो भवन अगाडि, भालुवाङको कृष्णसेन चोक, गढवाको गढवा चोक र हापुरेको हापुरे बजारको बीच चोक लगायतका ठाउँमा दीप प्रज्वलन भएको हो ।
यसैबीच नेपाल कम्यनुस्ट पार्टी नेकपा दाङले गाउँ–गाउँमा बेलुकी ६ बजे दीपावली गर्न अपिल गरेको थियाे । अध्यक्ष टीकाराम खड्काले प्रदेश राजधानी न्यायोचित ढङ्गबाट भालुवाङ घोषणा गरिएकाले खुसीयाली मनाउन थालिएको जानकारी दिनुभयो । जिल्लाका सबै बजार तथा ग्रामीण क्षेत्रमा सामाजिक दुरी कायम गर्दै दीप प्रज्वलन गर्न नेकपाले अपिल गरेको हाे ।
प्रदेश संसदले पारित गरेको प्रदेश राजधानीको क्षेत्रले दाङ देउखुरीको राप्ती र गढवा, अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुई वटा वडासँगै प्युठानको सरूमारानी गाउँपालिकाका १ र २ वडासँग जोडिएको क्षेत्र समेटेको छ । यी सबै ठाउँ महाभारत पर्वत श्रेणीको दक्षिणी काखमा अवस्थित राप्ती नदीको किनारका फाँटहरु हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।