आज राति अत्यधिक उल्का वर्षा हुँदै
पुस १९, २०८१ शुक्रबार
सर्लाही – सर्लाहीका उखु किसानले सरकारी अनुदानको रकम दशैँअघि नै पाउने भएका छन् ।
उखु किसानलाई अनुदानबापत पठाएको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा रकम दशैँअघि नै बैंक खातामा जम्मा गरिदिने सहमति भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो। अनुदानको रकम पहिलो चरणमा सर्लाहीका उखु किसानलाई वितरण गर्ने र त्यसपछि क्रमशः महोत्तरी, धनुषा, रौतहट र बाराका किसानलाई वितरण गर्दै जाने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
सर्लाहीका दुई वटा चिनी उद्योगमा उखु बिक्री गरेका किसानका लागि सरकारले अझै ४४ लाख ४३ हजार ६५ रुपैयाँ ३१ पैसा रकम निकासा गरेर पठाउनुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ मा सर्लाहीका दुई वटा चिनी उद्योगले ३३ लाख ३८ हजार ५१२ क्वlन्टल उखु क्रसिङ गरेका थिए। त्यसमध्य] ईन्दुशङ्कर चिनी उद्योग हरिवनले २६ लाख ५६ हजार ५३२ क्विन्टल र महालक्ष्मी सुगर मिल बगदहले छ लाख ८१ हजार ९७९ क्वlन्टल उखु क्रसिङ गरेको थियो ।
त्यसैगरी सर्लाहीकाे अर्को चिनी कारखाना अन्नप"र्ण सुगर मिल धनकौलले तीन वर्षदेखि किसानको बाँकी रकम भुक्तानी गर्न नसकेको कारण बन्द भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।