भारतीय नागरिकसहित दुई जनाविरुद्ध २ अर्ब ३९ करोड बिगो राखेर मुद्दा दायर

 असोज २६, २०७७ सोमबार १८:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली नागरिकता लिएर सुनचाँदीको अवैध ओसारपसार गर्ने एक भारतीय र एक नेपाली नागरिकविरुद्ध उच्च अदालत तुलसीपुरमा राजस्व छलीको मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनी र नेपाली नागरिक अमित परियारविरुद्ध दुई अर्ब ३९ करोड रुपैयाँ बिगो र कैद मागदाबी गर्दै सोनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को सोनी गोल्ड एण्ड सिल्भर ज्वेलर्सका सञ्चालक सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएर सुनिल सोनीले अवैध रुपमा सुनचाँदीको ओसार पसार गरेको विभागले जनाएको छ । सुनिललाई सहयोग गर्ने नेपाली नागरिक रुपन्देहीकै अमितलाई विभागले मतियारको रुपमा मुद्दा दायर गरेको छ । 

उनीहरुलाई असार ३० गते प्रहरीले पक्राउ गरेको थियो । सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्राली र मुख्य कारोबारी सुनिल सोनी र अमित परियारले भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख र आयकरतर्फ १६ करोड ४१ लाख रुपैयाँ राजस्व चुहावट गरेकोले दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया