१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा घुस लिएको प्रमाण पेस गर्न चुनौती दिएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेस गर्न चुनौती दिनुभएको हो ।
विज्ञप्तिमा श्रेष्ठले भट्टराईको अभिव्यक्ति आधारहीन, झुट, गलत, कपोलकल्पित एवं दूराशयपूर्ण रहेको दाबी गर्नुभएको छ । विज्ञप्तिमा बूढीगण्डकी आयोजनामा घुस लिएको कुनै प्रमाण भए राज्यको आधिकारिक निकायमा पेस गर्न भनिएको छ ।
केही दिनअघि गोरखामा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले बूढीगण्डकी परियाेजनामा नाै अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो । डा. भट्टराईकाे भनाइ भ्रामक भएको भन्दै नेपाली कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।