अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
फागुन ५, २०८१ सोमबार
बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभाबाट पत्रकार महासंघ बर्दिया शाखाका सचिव एवं रेडियो टाइगर बर्दियाका प्रबन्धक समेत रहनुभएका उज्यालो सहकर्मी योगी सम्मानित हुनुभएको हो ।
उज्यालो सहकर्मी योगीसँगै नेपाल टेलिभिजन बर्दिया प्रतिनिधि डिलप्रकाश गौतम र राजधानी दैनिका संवाददाता सुदिप अधिकारीलाई प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले खादा ओढाएर सम्मान पत्र प्रदान गर्नु भयो ।
सञ्चारमाध्यममार्फत जनचेतनामुलक एवं संरक्षणमैत्री सामाग्री प्रसारण गरी जैविक विविधता संरक्षणमा योगदान पुर्याइएकाले १८ वर्ष अघिदेखि रेडियो तथा अनलाइनमार्फत संरक्षणसम्बन्धी विविध समाचार रिपोर्ट प्रसारण गरेको भन्दै योगीलाई निकुञ्ज, सहकारीलगायतका विभिन्न संस्थाले सम्मान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।