सरकारमा जान नपाएकाहरू आत्तिएका छन् : मुख्यमन्त्री पाेखरेल

 कात्तिक ३०, २०७७ आइतबार १७:३२:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नौ/नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको बताउनुभएको छ ।

दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै उहाँले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको बताउनुभयो । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने पाेखरेलले बताउनुभयो । 

देशमा चाहिएको परिर्वतन होइन, स्थायित्व हो’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘तर सरकारमा जान नपाएकाहरू आत्तिएका छन् ।’

सरकार बदल्ने कुरा नागरिक र राष्ट्रको हितमा नभएको बताउँदै उहाँले अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र योजनाबद्ध रूपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको हो बताउनुभयाे । 

तीन वर्षमा सरकारले धेरै राम्रा काम गरेको दाबी गर्दा उहाँले सरकारलाई राम्रो ढङ्गले आड/भरोसा दिने बेला भएको बताउनुभयो। 

दाङको तुलसीपुर उपमहानगरपालिका ७ काे राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको बुद्धकाे मूर्ति अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती शान्ति उद्यान आकर्षक पर्यटकीय गन्तव्य बनाउने बताउनुभयो । त्यसका लागि आकर्षक रूपमा यसको विकास गर्न यहाँका नागरिकहरू लागिपर्नु र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो।

१७ फिट अग्लो रहेको बुद्धको मूर्तिको निर्माण कार्य सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया