बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयू)का छात्र उमर खालिदमाथि गोली प्रहार भएको छ ।
केही वर्षदेखि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेका खालिदमाथि दिल्लीको कन्स्टिट्युसन क्लबबाहिर गोली हानिएको हो । प्रत्यक्षदर्शीका अनुसार उमर खालिद रफी मार्गमा रहेको एउटा चिया पसलमा बस्दै गर्दा एक जना व्यक्त आएर धक्का दिँदै गोली प्रहार गरेका थिए । खालिद लडेका कारण उनलाई भने गोली लागेन ।
दिल्लीमा रहेको संसद भवन नजिकै रहेको क्लबमा ‘आजादी’ नामक एक कार्यक्रममा खालिद सहभागी हुँदै थिए । यो क्षेत्र दिल्लीको निकै नै सुरक्षित क्षेत्र मानिन्छ । उमर खालिद जेएनयुका विद्यार्थी नेता हुन् । उनीमाथि जेएनयूभित्र भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । सन् २०१६ को फेब्रुअरीमा छात्र नेता कन्हैया कुमार, अनिर्बान भट्टाचार्यसँगै खालिद पनि गिरफ्तार भएका थिए । उमर खालिदले आफूले भारतविरोधी नारा नलगाएको बताउँदै आएका छन् ।
यही मामिलामा उमर खालिद र कन्हैया कुमारलाई पीएचडीको उपाधि दिन इन्कार गरिएको छ । उनीहरुको थेसिस विश्वविद्यालयले लिन मानिरहेको थिएन । दिल्ली उच्च अदालतमा यो मुद्धा पुगेपछि दुवैले थेसिस भने बुझाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।