भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा ...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ ।
देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी सिर्जना गर्ने योजना सहित संस्था स्थापना गरिएको हो । ‘रिटर्नी माइग्रेन्ट नेपाल’ का अध्यक्ष उत्तम अधिकारीले विभिन्न संघ संस्थासँग समन्वय गरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका सामाजिक हित संरक्षणको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले चालू आवको बजेटमा वैदेशिक रोजगारबाट फर्केकालाई परियोजनाका आधारमा १० लाखसम्म ऋण रुपैयाँ उपलब्ध गराइने घोषणा गरेकाले त्यसलाई चाँडो कार्यान्वयन गराउन पहल गर्ने संस्थाले जनाएको छ ।
पुनः विदेश नफर्कने गरी स्वदेश फर्किएका श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरुलाई परियोजनामार्फत क्रियाशिल गरेर मुलुकको समृद्धिमा उपयोग गरिने छ । प्रवासी श्रमिकसँग सेवा प्रदायक क्षेत्रको अनुभव धेरै भएकाले पर्यटन, ऊर्जा, व्यापारलगायत क्षेत्रमा उनीहरुको पूँजीलाई प्रयोग गरिने छ ।
सरकारको मातहतमा रहेका रुग्ण तथा बन्द उद्योग सञ्चालनका लागि श्रमिकको लगानीलाई प्रयोग गर्ने वातावरण मिलाउन सरकारलाई संस्थाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।