एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई आईसीयू र भेन्टिलेटर खरिद गरी हस्तान्तरण गरे पनि सञ्चालनमा ढिलाइ भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गरी विभिन्न अस्पताललाई हस्तान्तरण गरिएका उपकरण सञ्चालनमा आउन ढिलाइ भएको हो ।
प्रदेशका विभिन्न अस्पतालहरुले आईसीयू जडान हुने क्रममा रहेको भए पनि दक्ष जनशक्तिको अभावका कारण सेवा सञ्चालनमा समस्या हुने बताएका छन् । प्रदेश सरकारले गएको वर्षको चैत १५ गते कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । निर्णय गरेको लामो समयपछि मात्र प्रदेश सरकारले भेन्टिलेटर खरिद गरेको थियो । तर अस्पतालमा भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापन नहुँदा उपकरण जडान र सञ्चालनमा समस्या देखिएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर निरज अर्यालले भन्नुभयो, ‘प्रदेश सरकारले सात पहाडी जिल्लाका अस्पतालसहित सेती, टीकापुर र महाकाली अस्पतालका लागि दुई÷दुई थान भेन्टिलेटर दिने हो । बाँकी व्यवस्थापन भने सम्बन्धित अस्पतालहरुले गर्नुपर्छ । भौतिक पूर्वाधारको अभावले अस्पतालहरुले उपकरण जडान गर्नमा ढिलाइ भएको हो ।’ आईसीयू र भेन्टिलर सञ्चालनमा तराईका भन्दा पहाडी जिल्लाका अस्पतालमा समस्या देखिएको हो । जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुपचन्द्र विश्वकर्माले पनि जनशक्ति अभावले उपकरण सञ्चालनमा ल्याउन समस्या देखिएको बताउनुभयो ।’
जिल्ला अस्पताल अछाममा सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीद्वारा तालिम दिइएको छ । त्यस अस्पतालमा भेन्टिलेटर जडानको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले बताउनुभयो । पहाडी जिल्लामा उपकरण मात्रै पठाएको प्रदेश सरकारले जनशक्ति भने सम्बन्धित अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ भन्दै पन्छिएपछि सेवाको प्रभावकारिता नहुने सम्भावना देखिएको छ । केही दिनको लागि अहिले रहेका जनशक्तिबाट काम सुरु गरे पनि जनशक्ति थप नगरे सेवाको गुणस्तरमा सुधार नहुने चिकित्सको भनाइ छ ।
टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रेमकुमार राई भन्नुहुन्छ, ‘मेसिन आयो तर हामीसँग जनशक्ति छैन, जसका कारण उपकरण सञ्चालनमा आउन नसकेको हो ।’
(साथमा प्रदीप पाठक)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।