कुम्भमेलाबाट फर्किंदै गरेको जीप दुर्घटना : पाँच जना नेपालीको...
माघ २०, २०८१ आइतबार
काठमाडाैं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ ।
सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिनु भयो ।
मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने धारणा पनि राख्नुभयो । नेता सिटौलाले दुवै मुलुकको वृहत्तर हित हुने गरी सम्बन्धलाई अझै गाढा बनाउन सरकारलाई पनि सुझाव दिनु भयो ।
नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराउनुभयो ।
उहाँले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।