एकिकृत अनेरास्ववियुको नेतृत्वका लागि त्रिपक्षीय प्रतिष्पर्धा

 साउन २९, २०७५ मंगलबार १३:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)बीच एकता भएर बन्ने एकिकृत अनेरास्ववियुको नेतृत्वका लागि त्रिपक्षीय प्रतिष्पर्धा सुरु भएको छ ।

एकिकृत अखिलको अध्यक्ष बन्नका लागि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका दुई जना विश्वास पात्रका साथै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालका विश्वास पात्र पनि दौडमा छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र ऐन महरलाई अध्यक्ष बनाउन चाहेका छन् । 

उता, अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि  आफु निकटका रञ्जित तामाङलाई अध्यक्ष बनाउनुपर्ने अडान कसेका छन् । 

पार्टीका दुई अध्यक्षले एक एक जना उम्मेदवार बोकेपछि बरिष्ठ नेता माधव नेपालले पनि सुदेश पराजुलीका नाममा अडान लिएका छन् । पराजुलीका पक्षमा अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि उभिएका छन् । 

महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष थिए । 

पराजुली भने माधव नेपाल र झलनाथ खनालको विश्वास पात्रका बनेर अनेरास्ववियुको केन्द्रिय सचिवको जिम्मेवारीमा थिए । 

अखिल एकिकरणका लागि नेकपा केन्द्रिय कमिटी सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी,  अखिल अध्यक्ष नविना लामा, अखिल(क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको छ । 

सो कार्यदलले भदौ ५ गतेसम्म एकिकरण गरिसक्ने अख्तियारी पाएको छ । कार्यदलले गठन गरेको उप समितिले एकताको मोडालिटी समेटिएको प्रतिवेदन भदौ २३ गते नै बुझाईसकेको छ । 

उप समितिले एकिकृत संगठनको केन्द्रिय कमिटी बढीमा ४९९ सदस्यीय बनाउने र संयोजक सहित ९ सदस्यिय केन्द्रिय कार्यालय निर्माण गर्न सिफारिस गरेको थियो ।

ओली र प्रचण्डले एक एक जनाको नाममा अडान लिएपछि बरिष्ठ नेता नेपाल र खनालले पराजुलीका लागि कडा अडान लिईरहेका छन् । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया