मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
फागुन १०, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुटनीतिमा कमजोर रहेको भन्दै बेला–बेला आलोचना हुने गरेको छ ।
कतिपय कुरालाई ख्यालठट्टाको रुपमा लिइदिने र कुटनीतिको सामान्य मर्यादा पनि बिर्सेर बोल्ने ट्रम्पको बानी रहेको भन्दै उनको निकै आलोचना हुने गरेको छ ।
‘पोलिटिको’ अनलाइनका अनुसार राष्ट्रपति ट्रम्पले २०१७ जुनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ह्वाइट हाउस भ्रमणको बेला नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेर उच्चारण गरेका थिए ।
उनले नेपाल र भुटान भारतकै भाग भएको भन्दै त्यस्तो उच्चारण गरेको पोलिटिकोले उल्लेख गरेको छ । पोलिटिकोका अनुसार भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका बेला राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाका अधिकारीहरुसँग ‘मोदीले श्रीमती लिएर आएका छन् कि छैनन्’ भनेर सोधेका थिए । स्टाफहरुले मोदी श्रीमतीसँग धेरै पहिलादेखि टाढा भएको बताएपछि ट्रम्पले ठट्टा गर्दै भनेका थिए, ‘ए, त्यसो भए उनका लागि म सेटिङ मिलाइदिन्छु ।’
पोलिटिकोका अनुसार त्यही भेटमा राष्ट्रपति ट्रम्पले नेपाल र भुटानको नाम उच्चारण गर्दा द्विविधामा परेका थिए । आफूलाई थाहा नभएको विषयबस्तुमा बोल्दा ट्रम्पले कहिलेकाहीँ अन्य शब्दहरु बोलेर टार्ने गरेको एक अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले उल्लेख गरेको छ ।
गएको सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा अफ्रिकी देशहरुसँगको बैठकमा ट्रम्पले नामिबिया देशको नाम ‘नाम्बिया’ उच्चारण गरेका थिए । त्यतिबेला पनि उनको निकै आलोचना भएको थियो । गएको महिनामा इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टे ह्वाइट हाउसको भ्रमणमा जाँदा राष्ट्रपति ट्रम्पले उनलाई ठूलो विजयी प्राप्त गरेको भन्दै बधाई दिएका थिए जबकी कोन्टेले चुनावमा भाग लिएका पनि थिएनन् । उनलाई सहमतिमा प्रधानमन्त्री बनाइएको थियो ।
राट्रपतिमा निर्वाचित भएको वर्ष अफ्रिकी देशहरुलाई गाली गर्दै ट्रम्पले ‘सिटहोल कन्ट्रिज’ भनेको भन्दै उनकै निकै आलोचना भएको थियो । त्यसो त अन्य राजनीतिक नेताहरुले उच्चारणमा गल्ती गर्दैनन् भन्ने होइन, उनीहरुले त्यस्तो गल्ती चाँडै सुधार्छन तर ट्रम्पले झनै बिगार्ने गर्छन् ।
अझ गजबको कुरा के छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक जापानका प्रधानमन्त्री सिन्जो आबेलाई रातको समयमा फोन गरेका थिए । फोन नउठेपछि उनी रिसाएर हिँडेका थिए । अमेरिकामा दिउँसो हुँदा जापानमा रात हुने सामान्य कुरा पनि ख्याल नगरी ट्रम्पले सिन्जो आबेलाई फोन गरेको र फोन रिसिभ नभएको भन्दै रिसाएको पोलिटिकोले जनाएको छ ।
‘जब उनले कसैलाई फोन गर्न चाहन्छन्, उनले त्यहाँको समय वा अवस्था नबुझी फोन गर्छन’, ट्रम्प प्रशासनका अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले जनाएको छ । ‘ट्रम्पको अर्को नराम्रो बानी के छ भने उनले फोन गरिसकेपछि उठेन भने उताबाट फोन आउँछ भनेर पर्खिन पनि सक्दैनन्’, एक अधिकारीलाई उद्धृत गर्दै पोलिटिकोले जनाएको छ ।
तर ट्रम्पका प्रशंसकहरुले त्यस्तो समाचार झुट भएको आरोप लगाउने गरेका छन् । ट्रम्प समर्थक ह्वाइट हाउसका अधिकारीहरुले ट्रम्पले नेपालको नाम ‘निप्पल’ नभनेको र त्यो आरोप मात्रै भएको जिकीर गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।