आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार
कालिकोट – जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएको छ ।
कार्यालयले आज जिल्ला अदालत कालिकोटमा मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले नेकपाले हिजो गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मको मालपोत र नापी कार्यालयको हातामा बम बिस्फोट गराएपछि विप्लवसहितका नेताहरुविरुद्ध अभियोग दर्ता गरेको बताउनुभयो ।
बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ नेताविरुद्ध आज जिल्ला अदालतमा संगठित अपराध तथा बिस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका ७ नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्यूरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो इन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माका अनुसार कुकर बम विस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका ७ नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले ७ दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउपूर्जी पनि जारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raju
Aug. 15, 2018, 8:44 p.m.पुर्ण रूपमा कठालो समातेर कार्यवाही गर्नु पर्छ। अहिले नेपाल को जनता ले पक्कै पनि नचाहेको कुरा बन्द र हडताल हो । तर हिजोको बन्द मा त नाम बिप्लब को छ तर उदाङ त नेपाली काङेस ले मचाएको छ । नेपाली काङ्ग्रेस र बिप्लब को अब इतिहास मा मात्रै नाम रहला जस्तो छ। एउटा उखान """ बिनास आउन अगाडि घमण्ड आउँछ """"" हो रहेछ पर्माणित गर्यो लन्ठु ले.....