चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - सन् २०२० मा विश्वभरि कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ ।
रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त देशहरुमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमूलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।
हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ । पत्रकार हत्यासम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गएकाे वर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ ।
'यस संस्थाले लामो समयदेखि वार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो,'रिपोर्टर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भन्नुभयो । सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उहाँले जानकारी दिनुभयो । मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन ।
अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ । विश्वभरि अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको हत्या भएको थियो ।
त्यसअनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो । कोरोना भाइरसको महामारीका कारण हिंसात्मक घटना कम भएको, पत्रकारहरु कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोडर्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।